नेपालगञ्जमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • नमस्ते कर्णाली

  • २०, माघ २०८१

    बाँके ।नेपालगञ्ज उपमहानगरपालिका–११ स्थित सडकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा आइतबार एक जनाको मृत्यु भएको छ।

    बाँके प्रहरीले दिएको जानकारीअनुसार, भे.१० प ४३४१ नम्बरको मोटरसाइकल र हाल नम्बर नखुलेको अर्को मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा भे.१० प ४३४१ नम्बरको मोटरसाइकल चालक बर्दिया, राजापुर नगरपालिका–१० निवासी २३ वर्षीय देवनारायण चौधरी गम्भीर घाइते भएका थिए।

    गम्भीर अवस्थामा रहेका चौधरीलाई उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा लगिएको थियो, जहाँ उपचारको क्रममा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    हाल दुर्घटनामा संलग्न फरार मोटरसाइकल र त्यसका चालकको खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ।

     

     

     

  • २० माघ २०८१, आईतवार १५:२९ प्रकाशित

  • Nabintech