मुगु । भूमि समस्या समाधान आयोग, मुगुका नवनियुक्त सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्
आयोगका विज्ञ सदस्यमा नियुक्त प्रबल कुमार चौलागाई, सदस्य डिल बहादुर मल्ल र सुर्य देबी मल्लले आईतबार पदतथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई भूमि समस्या समाधान आयोग, मुगुका अध्यक्ष राम बहादुर रावतले शपथ ग्रहण गराएका छन् । दुई जना नेकपा (एमाले) को कोटाबाट भूमि सम्बन्धी विज्ञ सदस्य र सदस्यमानियुक्त भएका हुन भने नेपाली काँग्रेस निकट एक जना भूमि समस्या समाधान आयोग, मुगुका अध्यक्ष र एक जना सदस्य नियुक्त भयका छन।
भूमि समस्या समाधान आयोग समन्वय समितिले पूर्णता पाय संगै ।सबै पक्षको साथ, सहयोग लिएर भूमि सम्बन्धीकासमस्या समाधान गर्ने प्रतिबद्धता भूमि समस्या समाधान आयोग मुगुका अध्यक्ष राम बहादुर रावतले व्यक्त गरेका छन ।