राप्तीसोनारीमा ट्याक्टरको ठक्करबाट युवकको मृत्यु, चालक फरार

  • नमस्ते कर्णाली

  • १७, फाल्गुन २०८१
    बाँके । राप्तीसोनारी गाउँपालिका–७ मा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रवार साझ भएको दुर्घटनामा परि २७ वर्षीय अर्जुन पासीको मृत्यु भएको छ।
    नरैनापुरतर्फ जाँदै गरेको ट्याक्टरले नरैनापुरबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका पासीलाई तत्काल भेरी अस्पताल नेपालगन्ज लगिएको थियो, जहाँ चिकित्सकले पासीलाई मृत घोषित गरेका थिए।
    दुर्घटनामा संलग्न ट्याक्टरलाई भगवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार छन्। ट्याक्टरको मालिकको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा संलग्न मोटरसाइकल भारतीय ब्रान्डको रहेको र दुवै सवारीसाधनको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ।
    मृतक पासीको शव पोस्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ। पोस्टमार्टम भोलि गरिने वडा अध्यक्ष राम लखन थारुले जानकारी दिनुभएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • १७ फाल्गुन २०८१, शनिबार ०८:०२ प्रकाशित

  • Nabintech