धनगढीमा ग्यास सिलिन्डर बिस्फोट, तीन जना घाइते

  • नमस्ते कर्णाली

  • ३, चैत ३०८१

    धनगढी । कैलालीको धनगढीमा ग्यास सिलिण्डर बिस्फोट हुँदा तीन जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार सिलिण्डर बिस्फोट हुँदा धनगढी उपमहानगरपालिका–६ मटियारीका ३६ वर्षीया मिना खड्का, उनका २० वर्षीया छोरी चन्द्रा खड्का र ४० वर्षीय स्थानीय ग्यास व्यापारी गोविन्द जोशी घाइते भएका छन् ।

    कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार मिना खड्काको घरमा सिलिण्डर जडान गर्ने क्रममा बिस्फोट भएको हो ।
    ‘मिनाले सिलिण्डर खरिद गरेर स्थानीय व्यापारी जोशीलाई जडानका लागि बोलाएकी रहेछिन्,’ डीएसपी बोहराले भने, ‘सोही क्रममा सिलिण्डर बिस्फोट भएपछि तीन जना घाइते भएका छन् । तीनै जनाको धनगढीकै निसर्ग अस्पतालमा उपचार भइरहेको छ । मिना र गोविन्दको अवस्था मध्यम छ भने चन्द्राको सामान्य छ ।’

  • २ चैत्र २०८१, आईतवार १२:०६ प्रकाशित

  • Nabintech