जुम्ला वाइसीएल अध्यक्षमा खगेन्द्र कार्की

  • नमस्ते कर्णाली

  • १९, बैशाख २०८२
    जुम्ला ।जुम्लाको वाईसीएल अध्यक्षमा खगेन्द्र कार्की चयन भएका छन्।छैटौं जिल्ला सम्मेलनमार्फत कार्कीको नेतृत्वमा ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। हरिकृष्ण रावतकाे पुरानो कमिटी विगठन गरिएको छ। उपाध्यक्षमा हरि बोहोरा ,पुर्णा सुनार र तप्तराज जैशी चयन भएका छन्।यस्तै सचिव सत्यनारायण योगी, सह–सचिवहरू मान बहादुर कठायत ,भागिरथी भण्डारी ,बिर्ख कामी ,बिनराज बुढा छन्।भने खुल्ला सदस्य उल्लेख गर्न बाँकी छ ।त्यस्तै कोषाध्यक्ष, बिष्णु चन्द्र बिस्ट छन् ।

    वाइसेलको नयाँ कमिटीले पार्टीको साङ्गठानिक सुदृढीकरण, युवा परिचालन, र सामाजिक बेथितिहरू विरुद्ध संघर्षमा सक्रिय भूमिका खेल्नेछ।

    नवनियुक्त अध्यक्ष कार्कीले वाइसेलले आगामी दिनमा माओवादी केन्द्रको संस्थागत संरचना बलियो पार्ने, नेतृत्व हस्तान्तरण सुनिश्चित गर्न, र संगठनको दिशानिर्देश स्पष्ट हुने बताए । उनले भने, मेरो नेतृत्वको यो कमिटीले जुम्लाका सामाजिक बेथितिविरुद्ध लाग्ने छ। पार्टीलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउने र समाजमा सकारात्मक परिवर्तन ?!®ल्याउनका लागी पनी वाइसेल नेपाल जुम्लाले सगाउनेछ ।

  • १९ बैशाख २०८२, शुक्रबार १२:३५ प्रकाशित

  • Nabintech