पाँचौ रारा ट्रेल रनको उपाधि:जुम्लाका सुनमाया र युवराजलेे जिते

  • नमस्ते कर्णाली

  • १०, जेष्ठ २०८२
    जुम्ला ।कर्णाली प्रदेशको प्रख्यात मानिने पर्यटकीय स्थल रारातालमा गरिएको पाँचौ रारा ट्रेल रनको उपाधि जुम्लाका सुनमाया बुढा र युवराज बुढाले जितेका छन्।महिला तर्फ जुम्लाको पातारासी गाउँपालिका -२ दुर्गम पेरे गाउँकि सुनमाया र पुरुषतर्फ कनकासुन्दरी गाउँपालिका-३ लुमका युवकराजले जितेका हुन।महिलातर्फ सुनमायाले १६ किलोमिटर दूरी १ घण्टा २४ मिनेट १८ सेकेन्डमा पार गरिन् । पातारासी– २ कै कल्पना बुढाले १ घण्टा २५ मिनेट ३५ सेकेन्डमा दूरी पार गरेर द्वितीय स्थान पक्का गरिन् ।

    जुम्लाकै गुठिचौर गाउँपालिका–३ की राज्यलक्ष्मी रावलले १ घण्टा २५ मिनेट ४६ सेकेन्ड लगाएर तेस्रो स्थान हासिल गरेकी हुन् ।महिलातर्फ ३८ जना र पुरुषतर्फ १ सय ७५ जना धावकले भाग लिएका थिए । विजेता सबै खेलाडी जुम्लाका हुन् । पाँच वर्षदेखि नेपाली सेनाले रारातालको सौन्दर्यता उजागार गर्न रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । यो पटक सेनाको हनुमानध्वज गुल्मले रारा ट्रेल रनको आयोजना गरेको थियो ।यस्तै पुरुषतर्फ युवकराजले १६ किलोमिटरको दूरी १ घण्टा १२ मिनेट १८ सेकेन्डमा पार गरेर उपाधि जिते। कनकासुन्दरी-१ कै सोमबहादुर रावतले १ घण्टा १४ मिनेट १९ सेकेन्डमा सो दूरी पार गरेर दोस्रो स्थान हासिल गरे ।

    कनकासुन्दरी–२ जुम्लाकै चन्द्र रावतले १ घण्टा १४ मिनेट ४४ सेकेन्ड लगाएर तृतीय स्थान हासिल गरेका थिए ।ट्रेल रनमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीहरुलाई क्रमश: जनही ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र दिइएको छ। ट्रेल रनमा मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, सेनाका उत्तर-पश्चिम पृतना उपरथी अनुपजंग थापा, सहायक रथी सञ्जय देउजा, गुल्मपति खीमबहादुर अधिकारीलगायत सहभागी थिए ।

    स्वर्गकी अप्सरा रारालाई खेल र पर्यटनका माध्यमबाट चिनाउन प्रत्येक वर्ष ट्रेल रनको आयोजना भइरहेको छ । रेसले पर्यटन प्रवर्द्धन र प्रचारप्रसार र ‘खेलाडीको उत्पादन गरिरहेको छ ।’

  • ११ जेष्ठ २०८२, शनिबार ०९:५५ प्रकाशित

  • Nabintech