सर्पदंशबाट घाइते भएका थारूको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु

  • नमस्ते कर्णाली

  • ११, जेष्ठ २०८२
    बर्दिया  । खेतमा काम गर्ने क्रममा सर्पदंशबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

    जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नं. ५ निवासी थारूलाई गत बिहीबार खेतमा काम गरिरहेको समयमा सर्पले टोकेको थियो। सर्पदंशपछि उनलाई तत्काल बर्दिया अस्पताल पुर्‍याइएको थियो। तर अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा रिफर गरिएको थियो।

    भेरी अस्पतालमा उपचारको क्रममा थारूको शुक्रबार  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डम्बरपालले जानकारी दिनुभयो।

    बर्दिया अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपानेका अनुसार अवस्था जटिल भएकाले भेरी अस्पतालमा रिफर गरिएको थियो।

    सर्पदंशबाट ज्यान गुमाउने घटनामा सावधानी अपनाउन आवश्यक भएको स्थानीय जनस्वास्थ्यकर्मीहरूले बताएका छन्।

     

  • १२ जेष्ठ २०८२, आईतवार १०:१७ प्रकाशित

  • Nabintech