लोकतन्त्रबारे जनतालाई बुझाउन सकिएन: शंकर पोखरेल

  • नमस्ते कर्णाली

  • १९, जेष्ठ २०८२
    काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताएका छन्।

    राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि गरेको सहयोगबारे जनतालाई बुझाउन नसकिएको बताएका हुन्।

    ‘लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि ठूलो सहयोग गरेको छ, तर त्यो कुरा हामीले जनताको माझमा जुन हिसाबले पुर्‍याउनुपर्ने थियो, त्यस हिसाबले पुर्‍याउन सकेका छैनौँ,’ उनले भने।
    महासचिव पोखरेलले नेपाली राजनीतिमा जनताको बलिदानबाट स्थापित लोकतन्त्र र गणतन्त्रमाथि नै अनास्था र अविश्वास हुने हिसाबले चर्चा गर्न थालिएको उल्लेख गर्दै लोकतन्त्रले केही दिएन, बरु योभन्दा राजतन्त्र नै ठीक थियो भन्ने हिसाबले समेत प्रचार गर्ने प्रयत्न भएको बताए।

  • २० जेष्ठ २०८२, सोमबार ०७:२४ प्रकाशित

  • Nabintech