अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित, महासचिवमा दीपक धामी

  • नमस्ते कर्णाली

  • ३०, जेष्ठ २०८२
    काठमाडौं। नेकपा (एमाले) निकट विद्यार्थी संगगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको अन्तरले पराजित गरेका हुन् । कडरियाले ७३२ मत पाएर निर्वाचित हुँदा पौडेलले ७२५ मत पाए ।
    यसैगरी, खुला उपाध्यक्षतर्फ विकास श्रेष्ठ ७०८ मतसहित र महिलातर्फ अञ्जना सिवाकोटी ७७५ मतसहित निर्वाचित भएका छन् ।
    महासचिवमा दीपक धामी ७८५ मतसहित निर्वाचित भएका छन् भने उपमहासचिवमा कमल जोशी ८१६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
    त्यसैगरी, चार जना सचिव पदमा आकाश घर्ती मगर (३६० मत), रचना सापकोटा (३०४ मत), समिम बाबु खान (२७३ मत) र गोपाल नेपाल (२६८ मत) निर्वाचित भएका छन् ।
    केन्द्रीय आयोगतर्फ निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भएका छन् ।
    यस्तै, लेखा आयोगको अध्यक्षमा अञ्जलि लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत निर्वाचित भएका छन् । अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी निर्वाचित भएका छन् ।
    नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे निर्वाचित भएका छन् ।

     

  • ३१ जेष्ठ २०८२, शुक्रबार ०६:४२ प्रकाशित

  • Nabintech