राजापुर नगरपालिकाको आठौं नगरसभा प्रारम्भ, २ सय ५८ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक

  • नमस्ते कर्णाली

  • ५, असार २०८२
    बर्दिया । राजापुर नगरपालिकाको आठौं नगरसभा नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा बुधबार प्रारम्भ भएको छ। नगरसभाको पहिलो बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि पालिका स्तरीय नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।

    नगरप्रवक्ता अशराज न्यौपानेले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक विकास, गरिबी निवारण, आन्तरिक राजस्व वृद्धि, सेवा प्रवाह क्षमतामा सुधार, सुशासन प्रवद्र्धन, जनसहभागिता, लैङ्गिक समानता, दिगो विकास, वातावरण संरक्षण, कला, संस्कृति र जीविकोपार्जनमा केन्द्रित २५८ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभयो।

    प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी सृजना र भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको छ। उत्पादनमुखी र छिटो प्रतिफल दिने कार्यक्रममार्फत नगरको समग्र आर्थिक वृद्धि र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य लिइएको जनाइएको छ।

    सभामा सदस्य–सचिव दशरथ बुढा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विषयगत शाखाका प्रमुख प्रतिनिधिहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। नगरसभाको दोस्रो बैठक आगामी असार ८ गते बिहान ७ बजेका लागि तय गरिएको छ।

     

     

  • ५ असार २०८२, बिहीबार ०८:४३ प्रकाशित

  • Nabintech