मुगु – पेशागत बीमा अभिकर्ता संघ बिमक मुगु उपशाखा समितिको दोस्रो अधिवेशन वरिष्ठ एजेन्सी म्यानेजर भिम प्रसाद जैसीज्यूको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपले नयाँ कार्यसमिति चयन गरेको छ।
नवगठित समितिका पदाधिकारीहरूमध्ये अध्यक्षमा भिम प्रसाद जैसी, उपाध्यक्षमा लोकेन्द्र बहादुर भण्डारी, कोषाध्यक्षमा सुकमाया शाही, सचिवमा हरिमुन भण्डारी, सह-सचिवमा सर्जन कुमार शाही चयन हुनुभएको छ। साथै सदस्यहरूमा शंकर राज भट्ट, प्रेम बहादुर बुढा, अप्सरा श्रेष्ठ, टेकेन्द्र कुमार भाम, कुबेर बुढा र सुमन बुढा चयन हुनुभएको छ।
नव-निर्वाचित सम्पूर्ण पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको असीम शुभकामना व्यक्त गर्दै पेशागत बीमा अभिकर्ता संघ बिमकका केन्द्रिय उपाध्यक्ष जुहारी लाल चौलागाईं (जय प्रकाश) ले भन्नुभयो, “पेशागत बीमा क्षेत्रको मजबुत विकास तथा सेवाग्राहीको हितमा समर्पित रही कार्य गर्ने तपाईंहरू सबैको सामूहिक प्रयासले संघ अझ मजबुत, सक्षम र प्रभावकारी बन्ने पूर्ण विश्वास लिएको छु। तपाईंहरूको कार्यकाल उत्साह, प्रेरणा र उपलब्धिपूर्ण रहोस्।”
उक्त अधिवेशनलाई भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न गराउनु हुने बिमक कर्णाली प्रदेश अध्यक्ष कृप राज भट्टज्यूलाई विशेष धन्यवाद समेत व्यक्त गरिएको छ।











