मृत्यु हुनेमा मोटरसाइकल चालक परशुराम–१२ पन्तुराका २७ वर्षीय नवीन साउँद र पछाडि सवार परशुराम–६ तातापानी घर भई हाल परशुराम–१२ जोगबुढा बस्दै आएका ३५ वर्षीय मानबहादुर जाग्री रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रहरीका अनुसार से २ त १४७४ नम्बरको ट्याक्टर र म १ प ९९७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। घाइते दुवै जनालाई जोगबुढा अस्पतालको एम्बुलेन्समार्फत उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि साँझ करिब ७ः२० बजे चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका हुन्।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










