१०, माघ २०८२
हुम्ला ।हुम्लामा नेकपा (एमाले) का उम्मेदवार दल फडेरालाई समर्थन गर्दै मितेरी पार्टीकी उम्मेदवार जयबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
हुम्ला जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मितेरी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका जयबहादुर शाहीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

आफूले उम्मेदवारी फिर्ता लिएर फडेरालाई सहयोग गर्ने शाहीले जानकारी दिए । एक मात्र निर्वाचन क्षेत्र भएको हुम्लामा आठ जनाले उम्मेदवारले मनोनयन दर्ता गरेका थिए ।










