लुम्बिनी प्रदेशसभाको दोस्रो बैठक माघ १३ मा, दुई विधेयकमाथि छलफल हुने

  • नमस्ते कर्णाली

  • लुम्बिनी प्रदेशसभाको दोस्रो बैठक माघ १३ मा, दुई विधेयकमाथि छलफल हुने

    १०, माघ २०८२
    बाँके ।लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक माघ १३ गते मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ । सभामुखको निर्देशानुसार बैठकको समय निर्धारण गरिएको हो ।
    प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकमा हालसम्म दर्ता भएका दुईवटा विधेयकमाथि छलफल हुने सम्भावना छ । कार्य व्यवस्था परामर्श समितिले निर्धारण गरेको कार्यसूचीअनुसार बैठक सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
    प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यहरूको जानकारीका लागि बैठकसम्बन्धी सूचना समेत प्रकाशन गरिएको सचिव पुनले बताउनुभयो । अधिवेशनका क्रममा महत्वपूर्ण विधेयकहरूमा छलफल र निर्णय हुने अपेक्षा गरिएको छ ।

  • १२ माघ २०८२, आईतवार १५:४३ प्रकाशित

  • Nabintech