वरिष्ठ कलाकार सुनील थापाको निधन

  • नमस्ते कर्णाली

  • २४, माघ २०८२

    काठमाडौं ।वरिष्ठ कलाकार सुनील थापाको निधन भएको छ ।
    आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । थापाको हृदयाघातका कारण निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

    लामो समयदेखि नेपाली र भारतीय चलचित्र क्षेत्रमा सक्रिय रहेका थापाको निधनले कला क्षेत्रमा गहिरो शोक छाएको छ । नेपाली चलचित्रमा खलनायक भूमिकालाई नयाँ उचाइमा पुर्‍याउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत विशेष रूपमा परिचित थिए ।
    थापाको निधनप्रति कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
    थापा पछिल्लो समय काठमाडौंको शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए ।

  • २५ माघ २०८२, शनिबार ११:१५ प्रकाशित

  • Nabintech