बाँके–बर्दियामा ‘ई–ड्राइभ’ सेवा विस्तार, सुरक्षित र सहज यात्राको अपेक्षा

  • नमस्ते कर्णाली

  • २५, माघ २०८२
    बाँके ।बाँके र बर्दिया जिल्लामा अनलाइन ट्याक्सी तथा बाइक सेवा ‘ई–ड्राइभ’ सञ्चालनमा ल्याइएको छ। बुटवल र भैरहवामा डेढ वर्षदेखि सफल रूपमा सञ्चालन हुँदै आएको सेवा अब बाँके र बर्दियामा विस्तार गरिएको हो।
    नेपालगन्जमा आयोजित शुभारम्भ कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ई–ड्राइभ सेवा सञ्चालनमा आएपछि यात्रुहरूलाई विश्वसनीय, सुरक्षित र सहज यात्रा सुविधा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो
    यसअघि बुटवल र भैरहवामा ई–ड्राइभ अन्तर्गत १ सय १० वटा ट्याक्सी र ५ सयभन्दा बढी मोटरसाइकल सञ्चालनमा रहेका छन्। नेपालगन्जमा भने प्रारम्भिक चरणमा १५ वटा ट्याक्सी सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
    ई–ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले नेपालमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले नेपालगन्ज पश्चिम नेपालको व्यस्त विमानस्थल रहेको उल्लेख गर्दै यहाँबाट विभिन्न गन्तव्यमा जाने पर्यटकको आवागमन हुने भएकाले ई–ड्राइभ सेवा पर्यटकका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

  • २६ माघ २०८२, आईतवार ०७:५५ प्रकाशित

  • Nabintech