खानेपानी आयोजनाको अनुगमन

  • नमस्ते कर्णाली

  • सुर्खेत, २१ बैशाख ।
    फारुला जुगेना खानेपानी तथा सरसफाई आयोजना कालिमाटी गाउँपालिका वडा नं. ३ को अनुगमन गरिएको छ । गाउँपालिका, सहयोगी निकाय तथा सरोकारवाला प्रतिनिधिहरुको उपस्थितिमा अवलोकन, अनुगमन, निरिक्षण गरिएको हो ।
    कालिमाटी गाउँपालिका र एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भटास नेपालको आर्थिक सहयोग तथा सुन्दर नेपाल संस्थाको सामाजिक तथा प्राविधिक सहजिकरणमा आयोजना निर्माण गरिएको छ ।
    कालिमाटी गाउँपालिकाको २१ लाख १२ हजार, उपभोक्ता समितिको १९ लाख २० हजार र हेल्भटास नेपालको ५५ लाख ६८ हजार सहयोगमा खानेपानी आयोजना निर्माण गरिएको जनाइएको छ ।
    अनुगमनमा सुन्दर नेपाल संस्थाका अध्यक्ष माया सापकोटा, सचिव उमा भट्टराई, कार्यकारी निर्देशक भुपेन्द्र प्रसाद कँडेल, क्षमता विकास संयोजक ओम प्रकाश थापा मगर, प्राविधिक विनोद भण्डारी लगायतको सहभागिता रहेको थियो ।

  • २१ बैशाख २०८३, सोमबार १०:४२ प्रकाशित

  • Nabintech