चौथो कोहलपुर गोल्डकप : नेपाल पुलिस क्लब फाइनल प्रवेश

  • नमस्ते कर्णाली

  • बाँके,२५ बैशाख ।

    चौथो कोहलपुर गोल्डकप–२०८३ मा विभागीय टिम नेपाल पुलिस क्लक मा फाइलन प्रवेश गरेको छ । विहीबार कोहलपुर–२स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा रोयल फुटबल क्लब कर्णाली प्रदेशलाई ५–३ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको हो । निकै रोमाञ्चक खेलमा निर्धारित समयमा कुनैपनि गोल हुन सकेन । कोहलपुर गोल्डकपको जारी संस्करणमा कुनैपनि खेलको पेनाल्टीमार्फत नतिजा निकालेको यो नै पहिलो खेल हो । पेनाल्टीमा जित हासिल गर्दै नेपाल पुलिस क्लबले फाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लब कोहलपुरसँगको भेट पक्का गरेको हो । पेनाल्टीमा नेपाल पुलिस क्लबका पाँचैजना खेलाडीले गोल गरे भने । नेपाल पुलिस क्लबका लागि पेनाल्टीमा नेपाल पुलिस क्लबका पुलिसका कप्तान राम बगाले, अनिल टमाटा,सञ्जिव लामा, हेमन्त श्रेष्ठ र सुजन मगरले गोल गरे ।  कर्णालीका लागि करण शाही, दिवश विसी र बिक्रम अलीले गोल गर्दा कप्तान सुदन विश्वकर्माले गोल गर्न सकेनन् ।

    बुधबार भएको पहिलो सेमिफाइनलमा लालीगुुराँस एसोसियसन क्लब पोखरालाई पराजित गर्दै आयोजक कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर गोल्डकपको फाइनल प्रवेश गरेको थियो । कोहलपुर रेसिङ साहारा क्लबले लालीगुराँगलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । अब फाइनलमा उपाधिका लागि वैशाख २६ गते कोहलपुर रेसिङ साहारा क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । प्रतियोगितामा आठ टिम सहभागी थिए । प्रतियोगिताको उपाधि जित्ने टिमले आठ रुपैयाँ,उपाधि शिल्ड र ट्रफी प्राप्त गर्नेछन् ।  उपविजेतालाई चार लाख रुपैयाँ, शिल्ड र ट्रफी प्र्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो कोहलपुर गोल्डकप वैशाख १९ गते सुरु भएको थियो ।

  • २५ बैशाख २०८३, शुक्रबार ०८:०१ प्रकाशित

  • Nabintech