शिक्षामा सहकार्य : तिलौराकोट होटेलद्वारा सरस्वती स्कुलमा सामग्री वितरण

शैक्षिक सामाग्री पाएसङ्गै बालबालिका खुसि


  • नमस्ते कर्णाली

  • कपिलवस्तु ,२८ बैशाख ।
    कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ लक्ष्मणपुरस्थित श्री सरस्वती आधारभूत विद्यालय मा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
    सामाजिक उत्तरदायित्वअन्तर्गत तिलौराकोट होटेल इन्टरनेसनल ले विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १५ जना बालबालिकालाई झोला, कपी तथा कलम वितरण गरेको हो ।


    विद्यालय परिसरमा आयोजित कार्यक्रममा बुद्धभूमि नगरपालिका–६ का वडा अध्यक्ष एलेन्द्र प्रसाद कुर्मी, वडा सदस्य उमाशंकर चौधरी तथा तिलौराकोट होटेल इन्टरनेसनलका प्रोप्राइटर सुशील खत्री ले संयुक्त रूपमा सामग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको समन्वय समाजसेवी सिता गिरी ले गर्नुभएको थियो ।


    शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित र खुसी देखिएका थिए । विद्यालयकी प्रधानाध्यापक मिना कुमारी गिरी ले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले विपन्न परिवारका बालबालिकालाई आवश्यक सामग्री उपलब्ध हुँदा उनीहरूको पढाइप्रतिको उत्साह बढ्ने र शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।
    वडा अध्यक्ष एलेन्द्र प्रसाद कुर्मीले शिक्षा क्षेत्रको विकासका लागि सरकारी प्रयाससँगै निजी क्षेत्र र सामाजिक संघसंस्थाको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले बालबालिकाको भविष्य उज्यालो बनाउन यस्ता सहयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै तिलौराकोट होटेल इन्टरनेसनलको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।


    त्यस्तै, प्रोप्राइटर सुशील खत्रीले समाजप्रति आफ्नो दायित्वअनुसार विद्यालयका बालबालिकालाई सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि शिक्षा तथा सामाजिक क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

     

  • २८ बैशाख २०८३, सोमबार २०:४८ प्रकाशित

  • Nabintech