अर्घाखाँचीमा बस दुर्घटना, चारजनाको मृत्यु

  • नमस्ते कर्णाली

  • अर्घाखाँची ,२९ बैशाख ।
    अर्घाखाँचीमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको बस पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो भने २७ जना घाइते छन् ।
    मृतकमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका-१९ की ७८ वर्षीया राममाया बस्नेत, सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका-५ की ५० वर्षीया कौशिला रेग्मी र सोही ठाउँका बस चालक ४५ वर्षीय रमेश जिसी रहेका छन् ।
    घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ ।

  • २९ बैशाख २०८३, मंगलवार २३:२० प्रकाशित

  • Nabintech