अर्घाखाँची बस दुर्घटनाप्रति मुख्यमन्त्री आचार्यद्वारा दुःख व्यक्त

  • नमस्ते कर्णाली

  • दाङ ,२९ बैशाख ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले अर्घाखाँचीको पाणिनि गाउँपालिका–८ दुर्गाफाँट कुडेलेमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
    मुख्यमन्त्री आचार्यले दुर्घटनामा घाइते भएकाहरुको उपचारको प्रभावकारी व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँले घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराखिने बताउनुभयो ।
    प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकहरुको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अर्घाखाँचीको सन्धिखर्क तथा पाल्पाको तानसेन पठाइएको प्रहरीले जनाएको छ ।
    पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणमा आएको ध १ ख ५०४ नम्बरको यात्रुवाहक बस फर्कने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस ओरालो झर्दै गर्दा ब्रेक फेल भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

  • २९ बैशाख २०८३, मंगलवार २३:२२ प्रकाशित

  • Nabintech