पर्यटन प्रवद्र्धन गर्न ‘नेपालगन्ज कोरा’ 

  • नमस्ते कर्णाली

  • बाँके, ४ साउन । 

    धार्मिक पर्यटकीयस्थलको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्न यहाँ ‘नेपालगन्ज कोरा’ गरिएको छ ।  नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गरेको नेपालगन्ज कोरामा १०० बढी साइकलयात्री सहभागी भएको क्लबका सहसचिव विष्णु कँडेलले जानकारी दिए । 

    उनका अनुसार यस वर्षको कोरा २५ किलोमिटर, ५० किलोमिटर र १०० किलोमिटर दूरीको यात्रा रहेको थियो । पच्चीस किलोमिटर समूहलाई अजय केसी र प्रकाश विष्टले, ५० किलोमिटर समूहको रुट गाइडको जिम्मेवारी आर्यन बाहुन र अशोक दीक्षितले र १०० किलोमिटर समूहलाई दिनेश थापा र बाबुराम विश्वकर्माले नेतृत्व गरेको क्लबका कोषाध्यक्ष राजेशकुमार गुप्ताले जानकारी दिए ।

    नेपालगन्ज गणेशपुरस्थित बौद्ध गुम्बाबाट सुरु भएको साइकलयात्रा (कोरा) एकलैनीको जामे मस्जिद, चारबाहिनी चोक, गणेशमान चोक हुँदै भेरी प्राविधिक चोक पुगेर पश्चिमतर्फ रहेको ज्योति चर्चलाई दाहिने पार्दै गुरुद्वारातर्फ हुँदै त्यहाँबाट धम्बोजी, फूलटेक्रा, उरैयानी र घियागाउँ हुँदै साइकलिस्टहरू बेतनी पुगेका थिए ।

    सहसचिव कँडेलले १०० किलोमिटर दूरीमा सहभागी भएकाहरु  सिधनिया घाट, फत्तेपुर, बिनौना, बैजापुर, घुर, भवानियापुर मन्दिर हुँदै शम्शेरगन्ज, जिरो, कचनापुर गाउँ, समशेरगन्ज बजार, ढकेरी र कोहलपुर हुँदै पुनः नेपालगन्ज फर्किएका थिए । 

  • ४ श्रावण २०८३, सोमबार १०:०७ प्रकाशित

  • Nabintech