मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बलियो बनाउने मुख्यमन्त्री आचार्यको विश्वास

  • नमस्ते कर्णाली

  • दाङ ,१० भदौ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भाइचारा, शान्ति र मानवकल्याणको भावना अझ सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । मोहम्मद जयन्तीको अवसरमा बुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले उक्त विश्वास व्यक्त गर्नुभएको हो ।
    उहाँले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै यहाँका सबै धर्म, संस्कार, संस्कृति र परम्पराले नेपाली समाजलाई समृद्ध बनाएको बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कार र संस्कृतिलाई समान महत्व दिँदै धार्मिक तथा सांस्कृतिक विविधताको संरक्षण, प्रवद्र्धन र सम्मानलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री आचार्यले बताउनुभो ।
    विभिन्न समुदायका मौलिक कला, संस्कृति, भाषा, परम्परा र सम्पदाको संरक्षण गर्दै त्यसलाई पर्यटन प्रवद्र्धनसँग जोडेर प्रदेशको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउने प्रयास निरन्तर रहने उहाँले उल्लेख गर्नुभएको छ । मोहम्मद जयन्तीले सबै नेपालीबीच आपसी प्रेम, सद्भाव, सहकार्य र एकताको भावना थप मजबुत बनाउँदै समतामूलक, समृद्ध र सभ्य समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि मुख्यमन्त्री आचार्यले गर्नुभएको छ ।

  • १० भाद्र २०८३, बुधबार ०९:५० प्रकाशित

  • Nabintech