सुर्खेत, १४ असोज ।
कोही कोही समाजमा खोज्दा यस्ता व्यक्ति भेटिन्छन, जो राजनीतिमा सक्रिय भई सार्र्वजनिक पदमा भएपनि आफूले पाउने सबै तलव सामाजिक सेवामा खर्च गरिदिन्छन् । हो, त्यस्ता उदाहरण मध्यका एक यूवा हुन वीरेन्द्रनगर वडा नंं –५ का वासु आचार्य ।
उनी हाल वीरेन्द्रनगर नगर कार्यपालिकाका सदस्य समेत हुन । नेकपा एमालेबाट ५२ महिना अघि निर्वाचित भएका आचार्यले तीन लाख ३२ हजार ८०० रुपैंया भत्ता वापत उनले प्राप्त गरेका छन् । उनले मासिक रुपमा ६ हजार ५०० का दरले नगरपालिकाबाट भत्ता पाउने गर्दछन् ।
त्यहि रकमबाट उनले गरिब बच्चा बच्चीका लागि भन्दै वीनपा ५ मैरहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा एक लाख ३२ हजार ४५६ रुपैंयाको अक्षय कोष खोलेका छन् । यस अक्षय कोषको प्रयोग विद्यालयमा प्रथम आउनेलाई पुरस्कृत गराउन नभई जो कमजोर विद्यार्थी छ, उसकालागि पुरस्कृत गर्ने रकम हो ।
‘मैले सामूदायिक विद्यालयको अवस्था देखेको छु । कोही अध्ययन गर्ने तीव्र इच्छा भएको भएपनि विद्यालय त आउँछन, कुनै दिन चप्पल लाउँदैनन, कुनै दिन ड्रेस पाउदैनन, कुनै दिन कापी कलम पाउदैनन ।’ उनले भने, ‘यो समस्या मैले नजिकबाट हेरेपछि वासु आदर्श प्ररणा पुरस्कार नामक अक्षय कोष उक्त विद्यालयमा खोलेको हुँ ।’
उनले उक्त अक्षय कोषबाट लाभान्वित हुन विद्यार्थीमा तीव्र इच्छाशक्ति हुनुपर्ने, अतिरिक्त क्रियाकलापमा सहभागि हुनुपर्ने, गरिव, तथा नियमित विद्यालय आउनुपर्ने विद्यार्थी पुुरस्कृत हुने बताए । यसका अलावा जाजरकोट भुकम्पमा परेर घाईते भई कर्णाली प्रदेशमा उपचार गराईरहेका ५४ जना लाई खाना, औषधीको व्यवस्था गरे । उसो तखाना वीरेन्द्रनगर नगरपालिकाले घाईतेहरुका लागि वन्दोवस्त गरेको थियो, १८ मंसिर देखि मंसिर २९ गतेसम्म ती घाईतेलाई औषधी दिने, खाना दिने देखि अन्य आवश्यक सामाग्री दिने जस्ता काम ग।े । यसकालागि उनले आफ्नो तलबबाट एक लाख १८ हजार पाँच सय रुपैंया खर्च गरे ।
‘यस्तै, एक बालक वीरेन्द्रनगर वडा नं. दुईमा बस्थे । उनी आमाको मृत्यू भइसकेको थियो भने उनका बुवा प्यारालाईसिस रोगले पीडित थिए । ती बालक उनका हजुरबुवासँग सुर्खेतमै बसिरहेका थिए । ती बालकको रुखबाट लड्दा हात भाँचिएको रहेछ । त्यसपछि उनका हजुरवुवाले जुम्ला लगाएर उनको हातमा काप्रो बाँधेछन् । तर त्यसले हात बाँगो भएको खबर मैले पाएँ ।’ उनले भने, ‘त्यो सूचना पाएलगत्तै मैले कर्णाली प्रदेशकै चर्चित अस्पताल कर्णाली केयरमा भनौ गरिदिएँ ।उसको उपचार गर्न कम्तिमा ६० हजार लाग्ने कुरा थाहा भयो । त्यसपछि मैले त्यहाँ कार्यरत वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. रुपक कँडेलसँग त्यो बालकको पुरा कथा सुनाएँ ।’
डा. कँडेलले उक्त कुरा सुनेपछि ती बालकको निःशुल्क अप्रेसन गर्ने प्रतिबद्धता जनाएको आचार्य बतउँछन् । उनको निःशूल्क उपचार हुने कुरा डा. कँडेलले जनाएपछि बाँकी औषधी, खानपिन, रेखदेख देखि ल्यावखर्चसम्म रु ४१ हजार ५ सय रुपैंया त्यहाँ खर्च गरिदिए । अहिल ति बालकको हात राम्रो भएको वासु बताउँछन् ।
तत्कालिन समयमा राष्ट्रीय युवा संघका जिल्ला अध्यक्ष समेत रहेका वासु आगामी दिनमा सार्वजनिक निकायमा पुगेपनि वा नपुगेपनि दिनदुखी, गरिब, असहायको उपचारका लागि सकेसम्म सहयोग गरिरहने बताउँछन् ।









