जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी

  • नमस्ते कर्णाली

  • जुम्ला, २९ असोज । 

    शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ । बितेका पाँच महिनामा यहाँका २२० जनाले घरमै राहदानी पाएका छन् ।

    जिल्ला प्रशासन कार्यालय, राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जिल्ला हुलाक कार्यालयसँग सम्पन्न सम्झौताअनुसार चालु आवको भदौसम्म १९८ जनाको राहदानी घरदैलोमै पुगेर वितरण गरिएको बताए ।

    गत वर्ष ९७२ जनाले घर घरबाटै राहदानी पाएका थिए। चालु आवको दुई महिनामा १९८ जनाले राहदानी पाएका छन् । त्यसैगरी, जिल्लामा आठ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासन जनाएको छ ।

  • २९ आश्विन २०८३, बिहीबार १३:३० प्रकाशित

  • Nabintech