ह्विलचियर नहुँदा समस्या

  • नमस्ते कर्णाली

  • जुम्ला ,१३ कार्तिक।

    तिला गाउँपालिका–१, रारा गाउँकाप्रकाश रावतलाई ह्लिचियर नहुँदा समस्या भएको छ । पूर्ण रूपमा शारीरिक अपाङ्गता भएका आड वर्षीय रावतलाई सहायक सामग्री अर्थात् ह्लिचियरको अभावमा हिँड्डुल गर्न कठिन भएको प्रकाशका बुबा जग्गबहादुर रावतले जानकारी दिए ।

    उनले भने, “छोराले बोल्ने र हिँडडुल गर्न सक्दैन, घर परिवारको एक जनाको साहरा चाहिन्छ । सहायक सामग्री अभावहुँदा निकै कष्ट सहनुपरेको छ ।” पाँच वर्ष अगाडि आईएनएफ नेपालले प्रकाशलाई एक ह्लिचियर प्रदान गरेको थियो । अहिले बिग्रिएर कामै नलाग्ने अवस्थामा पुगिसकेको छ । नयाँ ह्लिचियरका लागि स्थानीय सरकार र गैरसरकारी सङ्घ संस्थालाई माग गर्दा पनि सुनुवाइ भएको छैन । 

    नजिकको सरकार भनेकै गाउँपालिका हो । पालिकालाई ह्विलचेयरलगायत सहायक सामग्री उपलब्ध गरेको छैन । स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिका लागि केही बजेट विनियोजन नभएको रावतले बताए । 

    अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री, आयआर्जन, सीपमूलक कार्यक्रमका लागि यो वर्षबाट बजेटको व्यवस्थापन गरिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । स्थानीय नन्दप्रसाद धितालले मापदण्ड अनुरूपका अपाङ्गमैत्री सरकारी संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन सङ्घर्ष गर्नुपरेको बताए ।

  • १४ कार्तिक २०८३, शुक्रबार १४:२४ प्रकाशित

  • Nabintech