काठमाडौं ,२० कार्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज पनि दुई खेल हुँदैछ ।
आज दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
जारी एनपीएलमा कर्णालीले तीन खेलमा २ जित र एक हार बेहोरेको छ र अंक तालिकामा तेस्रो स्थानमा छ । सुदूरपश्चिमले चार खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै, आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछ ।
चितवनले तीन खेलमा एक जित र एक हार बेहोरेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो । पोखराले भने लगातार तीन खेलमा हार बेहोरेको छ ।









