काठमाडौं,२२ कार्तिक ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज कुनै खेल हुने छैन । प्रतियोगिताको खेलतालिकाअनुसार आज एक दिन विश्राम दिइएको हो ।
हिजो (शनिबार) सम्पन्न खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो ।
भोलि (सोमबार) हुने दुई खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
.








