पटका पट्काउने क्रममा बालकको मृत्यु

  • नमस्ते कर्णाली

  • पर्सा ,२३ कार्तिक ।
    पटका पट्काउने क्रममा एक बालकको मृत्यु भएको छ ।
    पर्सा पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको हो ।

    रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीमा लागेर घाइते भएका थिए ।
    बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएकोमा चिकित्सकले ८ः४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

     

     

     

     

     

     

  • २४ कार्तिक २०८३, सोमबार १४:२९ प्रकाशित

  • Nabintech