एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • नमस्ते कर्णाली

  • काठमाडौं ,५ मंसिर ।
    राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि भिडन्त आज हुँदैछ ।
    कीर्तिपुर मैदानमा साँझ ५ बजे हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।

    सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।
    सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनल पुगेको हो ।
    पहिलोमा जनकपुरसँग र दोस्रोमा लुम्बिनीसँग हारेको सुदूरपश्चिम यसपटक च्याम्पियन बन्न चाहन्छ ।
    लुम्बिनी गत संस्करणको विजेता टोली पनि हो । लुम्बिनी पनि पुनः उपाधि रक्षा गर्न चाहन्छ ।
    सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरी र लुम्बिनी रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रनेछ ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

  • ६ मंसिर २०८३, शनिबार १३:४८ प्रकाशित

  • Nabintech