खजुराद्धारा घुम्ती शिविर संचालन

  • नमस्ते कर्णाली

  • ६, मंसिर २०८२

    बाँके ।बाँकेको खजुरा गाउँपालिकाले व्यवसाय दर्ता तथा नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गरेको छ ।
    अपाङ्गता भई व्यवसाय गर्नेहरूका लागि घुम्ती शिविर अवधिभर दर्ता नवीकरणवापत लाग्ने रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो । उहाँका अनुसार पालिकाले १२ दिनसम्म व्यवसाय दर्ता नविकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको हो ।
    वार्षिक नीति तथा कार्यक्रम अन्र्तगत जनताको घरदैलोमा सेवा दिने लक्ष्य अनुसार पालिकाको व्यवसाय करसम्बन्धी कार्यविधि, २०७७ को दफा ३ अनुसार नविकरण अभियान सञ्चालन गरिएको हो । पालिकाले १ नम्बर वडा कार्यालयबाट घुम्ती शिविरको सुरुवात गरेको पालिकाले मङ्सिर १४ गते आइतबारसम्म शिविर सञ्चालन गर्ने पालिका अधयक्ष डम्बर विकले बताउनुभयो ।

  • ७ मंसिर २०८२, शनिबार १४:१२ प्रकाशित

  • Nabintech