१३, चैत २०८२
बाँके। यस वर्ष बाँके जिल्लामा कारागार र बालसुधार गृहमा रहेका ४१ जना कैदीबन्दी तथा बालबिज्याइँकर्ताले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइका अनुसार दुई बालसुधार गृहका ३३ जना बालबिज्याइँकर्ता र दुई कारागारका ८ जना कैदीबन्दी परीक्षामा सहभागी हुन लागेका हुन्।
डुडुवा गाउँपालिका–६ स्थित जयेन्दु बालसुधार गृहका ३० जना तथा बैजनाथ–३ स्थित नौबस्ता बालसुधार गृहका ३ जना बालबिज्याइँकर्ताले परीक्षा दिनेछन्। त्यसैगरी नेपालगन्ज र नौबस्ता कारागारका ४–४ जना कैदीबन्दी पनि एसइईमा सहभागी हुने जनाइएको छ।
उनीहरूलाई नजिकका परीक्षा केन्द्रबाटै परीक्षा दिने व्यवस्था मिलाइएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। शिक्षा पहुँच विस्तारसँगै सुधारात्मक व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको सम्बन्धित निकायको भनाइ छ।










