तिलागुफालाई धुवाँमुक्त बनाउन ‘एक घर, एक सुधारिएको चुलो’ 

  • नमस्ते कर्णाली

  • कालिकोट, १३ बैशाख । 

    कालीकोटको तिलागुफा नगरपालिकाले धुवाँमुक्त नगर बनाउने लक्ष्यसहित ‘एक घर, एक सुधारिएको चुलो’ वितरण अभियान थालेको छ । सुधारिएको चुलो वितरण अभियानले वर्षौँदेखि भान्साको धुवाँमा कष्टकर जीवन बिताइरहेका महिलाहरूको स्वास्थ्यमा सुधार आउने जनाइएको छ ।

    अबका केही दिनभित्रै नगरपालिकाका सबै वडाका करिब तीन हजार २०० घरपरिवारमा सुधारिएको चुलो पुग्ने नगरले जनाएको छ । नगरपालिकाका ११ वटामध्ये वडा नं ७ को छाप्रे गाउँमा मात्रै सुधारिएको चुलो वितरण गर्न बाँकी रहेको जनाइएको छ ।

    यसबाट धुवाँका कारण लाग्ने श्वासप्रश्वास तथा आँखासम्बन्धी रोगबाट ग्रामीण क्षेत्रका महिलालाई जोगाउन मद्दत पुग्नेछ, ग्रामीण जीवनस्तरमा सुधार ल्याउनुका साथै वातावरणीय संरक्षणमा योगदान पुर्‍याउने नगरपालिकाको विश्वास छ । यसअघि नै नगरपालिकाका–१, २, ३, ४, ५, ६, ८, ९, १० र ११ मा सुधारिएको चुलो वितरण गरी सकिएको नगरपालिकाले जनाएको छ ।

  • १३ बैशाख २०८३, आईतवार ०९:०६ प्रकाशित

  • Nabintech