काेहलपुर गाेल्डकप फाईनल: पहिलाे हाफमा रेसिङकाे अग्रता

  • नमस्ते कर्णाली

  •  बाँके,२६ बैशाख ।

     काेहलपुरमा जारी चाैथाे संस्करणकाे काेहलपुर गाेल्डकपकाे अहिले फाईनल खेल चलिरहेकाे छ । काेहलपुर-२ फुटबल मैदानमा नेपाल पुलिस क्लब र रेसिङ साहारा क्लब बिच उपाधिकालागी प्रतिस्पर्धा भईरहेकाे छ । 

    जारी फाईनल खेलकाे पहिलाे हाफमा आयाेजक रेसिङ साहारा क्लबले १ गाेलकाे अग्रता लिएकाे छ । 

    रेसिङ साहाराकालागि १८ नम्बर जर्सिका खेलाडि चेतन चाैधरीले खेल सुरू भएकाे पाँच मिनेटमै गाेल गर्दै टिमलाई अग्रता दिलाएका हुन । 

    प्रतियाेगिताकाे फाईनल खेल हेर्न मैदानमा उल्लेख्य मात्रामा दर्शक उपस्थित भएका छन । 

    बैशाख १९ गतेदेखि सुरू भएकाे प्रतियाेगिताकाे बिजेताले ट्रफी सहित ८ लाख र उप बिजेताले ४ लाख नगद पुरस्कार पाउने छन । त्यसैगरी प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीले ५१ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

  • २६ बैशाख २०८३, शनिबार १८:०० प्रकाशित

  • Nabintech