कहिले छान्लान मुख्यमन्त्री शाहीले आफ्नो सरकारको प्रवक्ता ?

  • नमस्ते कर्णाली

  •  सुर्खेत, १९ भदौ ।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दल कर्णाली प्रदेश सभाका नेता मंगलबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्ना लाग्दा पनि आफू नेतृत्वको प्रवक्ता चयन गर्न असफल बनेका छन् ।

    कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीको रुपमा उनी साउन १२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ (२) अनुसार उनले प्रदेश प्रमूख यज्ञराज जोशीसमक्ष दाबी पेश गरेका थिए । उनको पक्षमा नेकपाका र नेकपा एमालेका प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका थिए ।

    कर्णाली प्रदेश सभामा नेकपाका १४ सांसद छन भने एमालेका सभामुखसहित १० सांसद रहेका छन् । ७ सदस्यीय कर्णालीको मन्त्रीपरिषद्मा भदौ ३ गते उनले एमालेबाट ३ जनालाई मन्त्री नियुक्त गरेका थिए । एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा टेकराज पछाई, सामाजिक विकास मन्त्रीमा जीतबहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा कलबहादुर हमाल नियुक्त भएका भएका थिए ।

    भदौ ११ गते विहीबार कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का रोका, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रुकुम पश्चिमकै कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा हुम्लाकी जुम्कित लामा नियुक्त भएका थिए ।

    यी मध्ये लामा र खड्का पूर्व माओवादी पक्षधरका हुन भने खड्का नेकपा एस पक्षधर हुन । सामान्यतया सरकारले पहिलो मन्त्रीपरिषदको वैठक बसेकै दिन सरकारको प्रवक्ता तोक्ने प्रचलन छ । यसअअघि बनेका चार ओटा मुख्यमन्त्रीले त्यो प्रचलनलाई कायमै गरेपनि पाँचौँ मुख्यमन्त्रीका रुपमा सरकारको वागडोर सम्हालेका शाहीले भने मन्त्रीपरिषदको दुई ओटा वैठक बसालेका भएपनि प्रवक्ता तोक्न नसकेका हुन ।

    उनी साविक माओवादीबाटै प्रवक्ता तोक्ने ‘लाईन’ मा रहेका कारण हालसम्म प्रवक्ता नतोकिएको बताइएको छ । यस बारेमा प्रतिक्रिया लिन मुख्यमन्त्री शाहीलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

  • १९ भाद्र २०८३, शुक्रबार १०:४१ प्रकाशित

  • Nabintech