सुनकोशीमा सुमो दुर्घटना : ३ जनाको मृत्यु, ४ जना घाइतेको परिचय खुल्यो

  • नमस्ते कर्णाली

  • रामेछाप ,१ कार्तिक ।
    सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटा सुमो गाडी दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
    दुर्घटनामा चार जना घाइते भएका छन् ।

    आइतबार बिहान करिब २ः३० बजे को. १ ज २९७६ नम्बरको गाडी सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार दुर्घटनास्थलबाट तीन महिलाको शव फेला परेको छ ।
    मृतक महिलाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा ओखलढुंगाका २९ वर्षीय चालक आशिष विष्ट, खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी र १३ वर्षीय अंकित विक घाइते भएका छन् । घाइतेमध्ये सम्झना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
    उद्धार गरिएका घाइतेहरूको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचार भइरहेको छ ।
    चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता भएका छन् ।
    बेपत्ताहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली परिचालन गरिएको छ ।
    प्रहरीले बेपत्ताहरूको खोजी कार्य जारी राखेको जनाएको छ ।

     

     

     

     

     

  • २ कार्तिक २०८३, आईतवार ०८:०७ प्रकाशित

  • Nabintech