बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, आठजना घाइते

  • नमस्ते कर्णाली

  • नेपालगञ्ज ,१५ कार्तिक ।

    बाँकेस्थित अम्बे स्टिलको कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन् ।
    जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आइतबार बिहान फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट भई आगलागी भएको हो ।

    घाइते हुनेमा बाँकेका पाँच र भारतको बहराइच जिल्लाका तीनजना रहेका छन् । घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ । दुईजनालाई भने थप उपचारका निम्ति भारतको लखनऊ रिफर गरिएको छ । जानकी–५ का शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि लखनऊ पठाइएको प्रहरीले जनाएको छ ।
    घाइते हुने अन्यमा सोही ठाउँका २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव, ३५ वर्षीय लक्ष्मीराम यादव, भारतका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोदकुमार निषाद छन् ।
    आगलागीलाई नेपालगन्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे नियन्त्रणमा लिइएको थियो ।
    क्षतिको पूर्ण विवरण आउँन बाँकी छ ।

  • १६ कार्तिक २०८३, आईतवार १२:४३ प्रकाशित

  • Nabintech