चार महिनामा यारी भन्सारबाट १६ लाख बढी राजस्व संकलन

  • नमस्ते कर्णाली

  • हुम्ला ,१६ कार्तिक ।
    हुम्लाको उत्तरी चीनसँगको सिमा जोडिएको हिल्सामा स्थापना भएको यारी भन्सार कार्यालयले चार महिनाको अवधिमा सोह्र लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो आर्थिक वर्षको साउन यतादेखि कात्तिक मध्यसम्ममा सोह्र लाख रुपैयाँ बढी राजस्व संकलन गरिएको यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए ।

    कार्यालयले आफ्नो राजस्व संकलन लक्ष्यभन्दा प्रत्येक आर्थिक वर्षमा संकलन गर्दै आइरहेको कार्यालय प्रमुख जैसीले बताए । स्थायी कर्मचारी आफू एकजना मात्रै भए पनि कार्यालयको लक्ष्यभन्दा बढी राजस्व संकलन भइरहेको उनको भनाई छ ।
    छिमेकी मुलुक चीनबाट आयातित हुने जुत्ताबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । हिल्सा नाका नभएर नेपाल आयात हुने जुत्ता, पिजी, ब्लांकेट, जुस, चकलेट, सिमेन्ट, सरिया लगायतका सामानबाट राजस्व संकलन गरिएको भन्सार कार्यालय प्रमुख जैसीले बताए ।
    दुई दिनको हिमपातले राजस्व प्रभावित
    हुम्लासहित देशभर परेको वर्षा र हिमपातले पछिल्लो यारी नाका भन्सार कार्यालयलको राजस्व असुली कार्य प्रभावित भएको छ ।
    हिल्सामा भएको हिमपातले चीनको पुराङ काउण्टीबाट व्यापारी र अन्य सामान खरिदका लागि गएका स्थानीय फिर्ता आउन सक्ने अवस्था नरहेको कारण राजस्व असुली प्रभावित भएको हो ।
    उनले हिमपात भएकोले ताक्लाकोटबाट सामान ल्याएर आउने व्यापारी र अन्य मानिसहरु फिर्ता आउन रोकिएको कारण हिल्सामा राजस्व असुली कार्य पनि रोकिएको जानकारी दिए । दुवै दिन ताक्लाकोटबाट एक जना मानिस पनि फिर्ता आएका छैनन् । राजस्व असुली कार्य रोकिएपछि भन्सारका कर्मचारीहरु कार्यालयमा आगो तापेर बस्नु परिरहेको उनको भनाई छ ।

     

     

     

     

     

     

     

     

     

     

     

  • १७ कार्तिक २०८३, सोमबार ०८:०७ प्रकाशित

  • Nabintech