दैलेख घटनामा घाइतेमध्ये एक महिलाको मृत्यु, घाइतेलाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो (अपडेट)

  • नमस्ते कर्णाली

  • काठमाडौं ,२२ कार्तिक ।
    दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा एकै परिवारका चार महिलामाथि धारिलो हतियारबाट आक्रमण भएको छ। आइतबार बिहान घरमै पुगेर एक व्यक्तिले हतियार प्रहार गर्दा उनीहरू घाइते भएका हुन्।

    जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार करिब ३७ वर्षीय बमबहादुर रावतले चन्द्रबहादुर पुन मगरको परिवारमाथि आक्रमण गरेका थिए।
    घटनामा चन्द्रबहादुरकी श्रीमती ४५ वर्षीया बीमा मगर, भाइबुहारी २५ वर्षीया महेसरा पुन तथा छोरीहरू २३ वर्षीया तिला पुन र २० वर्षीया लक्ष्मी पुन घाइते भएका छन्। घाइतेमध्ये बीमाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
    आक्रमणमा परेका चारै जनालाई सुरुमा स्थानीय स्वास्थ्य चौकी पुर्‍याइएको थियो। गम्भीर घाइते बीमालाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ भने अन्य घाइतेलाई पनि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
    प्रहरी निरीक्षक हरिजनका अनुसार घटना आइतबार बिहान करिब ५ बजे भएको हो। आक्रमणको कारण भने खुल्न सकेको छैन। घटनामा संलग्न भनिएका रावतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
    हरिजनले भने,‘आइतबार बिहान ५ बजेतिर चन्द्रबहादुरको घरमै पुगेर बमबहादुरले धारिलो हतियार प्रहार गरेका रहेछन् । उनले के कारणले चन्द्रबहादुरका परिवारका सदस्यहरूलाई हतियार प्रहार गरेको भन्ने अहिलेसम्म खुलेको छैन । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि मात्रै कारण खुल्न सक्छ ।’
     

     

     

     

     

     

  • २३ कार्तिक २०८३, आईतवार १४:५७ प्रकाशित

  • Nabintech