एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै

  • नमस्ते कर्णाली

  • काठमाडौं ,२ मंसिर ।

    काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दैछ ।
    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल आज साँझ ५ बजेदेखि सुरु हुनेछ ।

    आजको विजेता टोलीले बिहीबार दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ ।
    यसअघि हिजो मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगिसकेको छ ।
    फाइनल खेल मंसिर ५ गते हुनेछ ।

     

     

     

     

     

     

     

     

     

     

  • ३ मंसिर २०८३, बुधबार ११:१५ प्रकाशित

  • Nabintech