१० औं राष्ट्रिय खेलकुद : आज क्रिकेट, फुटबलसहित ९ खेलमा प्रतिस्पर्धा हुँदै

  • नमस्ते कर्णाली

  • सुर्खेत ,१२ मंसिर ।
    जारी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) विभिन्न नौ खेल विधामा प्रतिस्पर्धा हुँदैछ ।
    खेल तालिकाअनुसार महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट, फुलकन्ट्याक्ट कराँते र शारीरिक सुगठनका खेल सञ्चालन हुनेछ ।

    महिला क्रिकेट वीरेन्द्रनगर रंगशाला तथा पुरुष क्रिकेट कालुञ्चोक मैदानमा हुनेछ ।
    त्यस्तै, पुरुष फुटबल मुख्य रंगशालामा र महिला बास्केटबल वीरेन्द्रनगर रंगशालामा सञ्चालन हुनेछ ।
    यसैगरी, टेनिस बर्दियामा, कबड्डी मुख्य कबड्डी हलमा र जिम्न्यास्टिक मिनी कबड्डी हल सुर्खेतमा आयोजना हुनेछ । फुलकन्ट्याक्ट कराँते ब्याडमिन्टन कभर्डहल सुर्खेतमा सञ्चालन हुँदा शारीरिक सुगठनका प्रतिस्पर्धा रुकुम पश्चिमको चौरजहारीमा हुनेछ ।
    खेल तालिकाअनुसार शारीरिक सुगठनका प्रतिस्पर्धा बिहान ८ बजेदेखि सुरु हुनेछन् । टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट र फुलकन्ट्याक्ट कराँते बिहान ९ बजेदेखि सञ्चालन हुनेछन् ।
    त्यस्तै, महिला क्रिकेट, पुरुष फुटबल र महिला बास्केटबलका खेल पनि बिहान ९ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
    प्रतियोगितामा विभिन्न खेल विधाका प्रतिस्पर्धा कर्णाली प्रदेशसहित बाँके, बर्दियालगायतका जिल्लामा सञ्चालन भइरहेका छन् ।

  • १३ मंसिर २०८३, शनिबार ०९:१८ प्रकाशित

  • Nabintech