छायाँनाथ रारा नगरपालिले पहिरो बाट मृत्यु भएका ८ परिवार लाई राहात सहयोग

  • सनत हमाल

  • मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले  वडा नं ११ सालिम गाउँका पहिरो बाट मुत्यु भएका घरपरिवार लाई राहात रकम सहयोग गरिएको छ । गत असोज १९ गते देखि २४ गते सम्म आएको आएको अविरल बर्षा संगैको बाढी पहिरो बाट मुगुमा मुत्यु भएका ८ जना घरपरिवार लाई छायाँनाथ रारा नगरपालिकाले ३५ हजारका दरले राहत रकम सहयोग गरेको हो ।
    मंगलबार एक कार्यक्रमको आयोजना गदै राहात रकम तत्कालै सहयोग गर्नु पर्ने भएको भएपनि प्रदेश तथा सघिय सभाको चुनाव संगैको आचारसंहिता का कारण राहात सहयोग गर्न नसकिएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
    छायाँनाथ रारा नगरपालिका स्थानीय विपद कोष मार्फत मृत्यु भएका सालिम गाउँका ८ जना घर परिवार लाई ३५ हजारका दरले मलम्पट्टी को लागी केहि सहयोग पुगोस भन्ने उदेश्यका साथ नगरपालिकाले मृत्यु भएका सालिमका ८ घरपरिवारलाई राहात रकम सहयोग गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए ।
    उनका अनुसार अविरल बर्षा संगैको बाढी पहिरोले नगरपालिका भित्रका धेरै गाउँ बस्तीमा तहस नहस बनाउनका साथै अविरल बर्षाले घरवारविहिन भएका करिब ४ सय घरपरिवार लाई राहात बितरण पनि गरिएको बताए ।
    यसै बिच प्रदेश संघिय सरकारले घर भत्किएका घर परिवारलाई ५ लाख बराबरको घर निमार्णका लागी सहयोग गर्ने बताएको छ । त्यसको समन्वय स्थानीय सरकाले गर्नु पर्ने भएकाले पुर्णरुपमा घर भत्किएका घर परिवारको पहिचानका लागी छायाँनाथ रार नगरपालिका भित्रका पुर्णरुपमा घर भत्किएका हरुको पहिचानको लागी प्राविधिक टोली बिहिबार बस्तीस्तरमा गहेर पहिचान गर्न सुरु गर्ने भएको छ ।
    त्यसैको आधारमा बस्तीस्तरको पुर्णरुपमा घर भत्किएका घरवारबिहिन भएका घरपरिवारको तथ्याङ्कका आधारमा घर पुर्ननिमार्णका लागी स्थानीय सरकार र संघिय सरकारले सहयोग गर्ने नगर प्रमुख भामले बताए ।

  • २० पुष २०७९, बुधबार ०८:२६ प्रकाशित

  • Nabintech