धनगढीको सामुदायिक वनमा दुई जना मृत फेला

  • नमस्ते कर्णाली

  • १८,फाल्गुन २०८१

    धनगढी।कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा आइतबार बिहान दुई जना मृत फेला परेका छन् ।
    धनगढी उपमहानगरपालिका–१० बस्ने अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका अन्दाजी ३४ वर्षीय कैदा राना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
    सो कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार चौधरीको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । साइकलमा सामान बाँध्ने रबरले पासो लगाएर झुन्डिएको अवस्थामा देवल फेला परेको उहाँले जानकारी दिनुभयो ।
    यसैगरी, चौधरी झुन्डिएको घटनास्थलभन्दा करिब १५/२० मिटर टाढा भुइँमा पल्टिएको अवस्थामा रानाको शव फेला परेको जनाइएको छ । बिहान वनमा दुई वटा शव देखेपछि स्थानीयले अस्थायी प्रहरी पोष्ट जुगेडालाई खबर गरेका थिए । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनास्थललाई सिल गरिएको छ ।

     

  • १८ फाल्गुन २०८१, आईतवार १२:५९ प्रकाशित

  • Nabintech