२५,असार २०८२
बर्दिया ।नेपालको कर्णाली नारायणी र कोशी नदी तथा यसका सहायक नदीहरूमा पाइने गंगेटिक प्रजातिका डल्फिन संरक्षणमा राज्यको दृष्टिकोण पर्न सकिरहेको छैन। स्थानीयको संरक्षणमा बाँचिरहेका डल्फिनहरू जोगाउन समुदायलाई चुनौती बनेको छ। तिनीहरु हिउँदमा कर्णाली नदी र वर्षाको समयमा कर्णालीका सहायक नदीहरु मोहना, पथ्रैया ,काडा र कन्ध्रामा बस्ने गर्छन् । आँखा कम देख्ने जलप्राणी डल्फिनले चेतनाको आधारमा सिकार गर्ने गर्छन् ।
राज्यले डल्फिन सरक्षणमा कुनै चासो नदिए पनि स्थानीय स्तरमा सचेतना लगायत नदी सरसफाई गर्ने काम हुँदै आएको छ।
डल्फिन पाइने कर्णालीका नदीहरुलाई डल्फिन संरक्षण क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने संरक्षणकर्मी एवं स्थानीयको माग छ। तीन दशकदेखि डल्फिनको संरक्षण गर्दै आएका स्थानीयहरु राज्यले अपन्वत्व लिए आफूहरुको जीविकोपार्जनमा समेत टेवा पुग्ने सरक्षणकर्मि भोजराज ढुंगानाको भनाई रहेको छ।
नेपालका अन्य नदीहरूमा डल्फिन पाइए पनि कर्णालीमा रैथाने रूपमा नियमित डल्फिन पाइने गर्छ। कर्णाली नदीमा बासस्थान बनाएका कैलालीको टिकापुर र भजनी क्षेत्रमा भेटिने डल्फिनहरू कहिले भारततर्फको नदी र कहिले नेपालतर्फ बसाई सराई गर्ने गरेको पाइन्छ कर्णाली नदीमा डल्फिन संरक्षणको लागि हालै राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमले इको ल्याब मार्फत समुहमा आधारित समितिहरू निर्माण गरी सचेतनासँगै यसको आहारा बासस्थान एवं बसाइसराइका बारेमा नियमित अनुगमन तथा अध्ययन सुरु गरेको छ राष्ट्रिय प्रकृति सरक्षण कोष बर्दियाका सरक्षण अधिकृत अजित तुम्बाहाङ्फे बताउनुहुन्छ।
प्लाटानिस्टा गङ्गेटिक वैज्ञानिक नाम रहेको स्तनधारी जलचर डल्फिनको आकार २ देखि ६ मिटरसम्मको हुन्छ। सयदेखि १६० किलोग्राम सम्म तौल हुने यिनीहरूको बाँच्ने आयु २० देखि २५ वर्ष रहेको पाइएको छ ।
विभिन्न प्रजातिका माछा गोङ्गी लेउ पानी चरा लगायत अन्य जलचर डल्फिनका आहार हुन् मानिस जस्तै विकसित मस्तिष्क भएका डल्फिनहरु एक आपसमा मिलनसार सहयोगी चेतनशील समूहमा विचरण गर्ने सामाजिक प्राणी मानिन्छन् ।
।भाले भन्दा पोथीको आकार ठूलो हुने यिनीहरु ९ देखि १० वर्षको उमेरमा गर्भधारण गरी दुई वा तीन वर्षको अन्तरालमा प्राय एउटा कहिलेकाहीँ दुईवटा बच्चा सालनाल सहित जन्माउछन्। यसलाई असारदेखि असोजसम्म कर्णाली नदीमा देख्न पाइन्छ।
कर्णालीमा माउ १० र बच्चा सात गरी १७ वटा डल्फिन रहेको सरक्षणकर्मि भोजराज ढुंगाना बताउनुहुन्छ।
बिश्वकै दुर्लभ मानिने गंगेटिक डल्फिनलाई दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि साइटिस तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आयुसीएनले संकटापन्न जलचर प्राणी घोषणा गर्दै यसको संरक्षणमा जोड दिइएको छ ।
नेपाल सरकारले भजनी र टिकापुर क्षेत्रमा रहेको डल्फिनका बासस्थानहरूलाई अभिलम्ब संरक्षण क्षेत्र घोषणा गरी दिगो डल्फिन संरक्षण अर्थ नदीमा जथाभावी माछा मार्ने तथा कृषिमा राष्ट्रयनिक मलको प्रयोग गर्ने कार्य निरुत्साहित गर्नुका साथै तोरी सिकारी नियन्त्रण गर्नु अति आवश्यक छ ।