तिज गीतलाई लिएर धम्की आएको भन्दै सोफियाले प्रहरीमा दिइन् उजुरी

  • नमस्ते कर्णाली

  • गायिका सोफिया थापाले आफ्नो गीतलाई लिएर धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेकी छन् । उनले सोमबार सार्वजनिक गरेको ‘तिज गीत’ विवादमा परेको थियो ।

    विभिन्न व्यक्तिहरुबाट आफूलाई फोन र म्यासेजमा धम्की आइरहेको थापाले अनलाइनखबरलाई बताइन् । गीत नहटाएमा भौतिक आक्रमण गर्ने चेतावनीसमेत आएपछि आफूले बुटबल र काठमाडौं प्रहरीमा लिखित उजुरी दिएको उनले जानकारी दिइन् ।

    ‘हिजो गीत अपलोड भएदेखि नै लगातार चेतावनी र धम्की आइरहेको छ । हिन्दूवादीहरु संगठितरुपमा नै ममाथि खनिएका छन् । मैले आफ्नो ज्यानको सुरक्षा गरिपाउँ भन्दै उजुरी दिएको छु,’ थापाले भनिन् ।

    सोफियाले ‘यसपालीको तिज, नो व्रत प्लिज…’ बोलको गीत आफ्नै रचना र संगीतमा गाएकी हुन् । उक्त गीतले तिजको मर्म र हिन्दू महिलाहरुको आस्थामा ठेस पु¥याएको भन्दै आलोचना भएको छ । सोफियाले चाहिँ आफूले गीतमार्फत लैंगिक चेतना जगाउने उद्देश्य मात्रै राखेको बताइन् । आफूले कुनै गल्ति नगरेको भन्दै उनले कसैको दवावमा परेर गीत यूट्यूटबाट नहटाउने अडान व्यक्त गरिन् ।

    विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति नामक संगठनले विज्ञप्ति जारी गरेर सोफियालाई सो गीत हटाउन आग्रह गरेको थियो ।

  • ६ श्रावण २०७७, मंगलवार १७:०५ प्रकाशित

  • Nabintech