कंगनाको जवाफ–‘तापसी, स्वरा र ऋचालाई घरको बिल तिर्नुपर्ने दबाब छ’

  • नमस्ते कर्णाली

  • नायिका कंगना रनावत र बलिउडका केही नायिकाहरुको आरोप–प्रत्यारोप रोकिएको छैन । कंगनाले नायिकात्रय तापसी पन्नु, स्वरा भाष्कर र ऋचा चड्डालाई ‘बी ग्रेड’का नायिका बताएपछि उनीहरु कंगनासँग भड्किएका थिए ।

    अब, कंगनाले यी तिन नायिकालाई जवाफ दिएकी छिन् । एक भारतीय मिडियासँग कुरा गर्दै कंगनाले भनेकी छिन्–‘यो दुःखको कुरा हो कि उनीहरुले मलाई समर्थन गरिरहेका छैनन् । तर, जो बलिउड भन्दा बाहिरबाट आएका हुन्छन् उनीहरुलाई आफ्नो आमा–बुबासँग बस्न सहज हुँदैन । यसैले अपार्टमेन्ट लिएर बस्छन् । मलाई थाहा छ कि, तापसी, ऋचा र स्वरालाई घरको बिल तिर्नुपर्ने प्रेसर खुबै छ ।’

    कंगनाले आफू बाँचे जसरी अरु पनि बाँच्न चाहन्छन् भन्ने नरहेको पनि बताएकी छिन् । कंगनाले भनिन्–‘म वुझ्न सक्छु कि उनीहरुलाई आफ्नो दुश्मनको संख्या बढुन् भन्ने लाग्दैन । तर, म यत्ती मात्र चाहन्छु कि कमसेकम उनीहरुले अर्को व्यक्तिको संघर्षलाई इज्जत दिउन् ।’

    कंगनाको यो भनाई सार्वजनिक भएपछि तापसीले ट्विटरमा यसको जवाफ दिएकी छिन् । उनले लेखेकी छिन्–‘हेल्लो ऋचा र स्वरा, कोही मानिसलाई हाम्रो घरको बिल र इएमआइको निकै चिन्ता छ । बलिउड नगरी कती दयालु छ । हामी जस्ता बी ग्रेडका नायिकालाई पनि यत्ती धेरै सम्मान मिलिरहेको छ ।’

  • ६ श्रावण २०७७, मंगलवार १७:०७ प्रकाशित

  • Nabintech