सीतापाइलामा युवतीमाथि एसिड प्रहार, दुई जना पक्राउ

  • नमस्ते कर्णाली

  • २२ वर्षीया महिलालाई एसिड प्रहार गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने रौतहट लक्ष्मीपुर-४ घर भएका ४७ वर्षीय गार्मेन्ट व्यवसायी मोहमद आलम र भारत विहार घर भई काठमाडौं डल्लु बस्ने २३ वर्षीय फैयाज अलाम रहेका छन् ।

    पीडित महिला काम गर्ने गार्मेन्टको मालिकले उसको इच्छा अनुसार नचल्दा अर्का कामदार फैयाजलाई प्रयोग गरी एसिड प्रहार गरेको खुल्न आएको छ। पीडीत महिलाको मोहमदको गार्मेन्टमा ३ वर्ष अघिदेखि काम गरिरहेकी दिदिले उनलाई पनि सोही गार्मेन्टमा काम लगाएकओ थिइन।

    करीब १ महिना काम गर्ने दौरानमा मोहमदसँग चिनजान भएकोमा उनको ईच्छा अनुकूल नचल्दा सोही कुराको बदला लिने उद्देश्यले गार्मेन्टमै काम गर्ने फैयाजलाई प्रयोग गरी एसिड प्रहार गर्न लगाएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

  • १० श्रावण २०७७, शनिबार ००:१६ प्रकाशित

  • Nabintech