घोडाबाट लडेर घाईते भएका मुख्यमन्त्री शाहीलाई हेलिकप्टरबाट सुर्खेत लगियो

  • नमस्ते कर्णाली

  • शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडी गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका छन् ।
    कर्णाली प्रदेश सरकारले शुरु गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका ३ को तोर्पा जान लागेका मुख्यमन्त्री शाही लडेर सामान्इ घाइते भएपछि हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरले जानकारी दिए ।
    सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागी स्वागत गरेका थिए ।
    मुख्यमन्त्री शाहीले चढेको घोडा तर्सिंदा लडेर घाइते भएको नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए ।

  • २२ कार्तिक २०७७, शनिबार १३:२२ प्रकाशित

  • Nabintech