हुम्लाको अदानचुलीमा सुधारीएको चुलो बितरण

  • नमस्ते कर्णाली

  • हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ मा २४० वटा सुधारिएका चुल्हा वडाका सबै नागरिकलाई पुग्ने गरेर वितरण गरिएको छ । सरकारलै अघि सारेको दिगो विकास लक्ष्य अनुसार गाउँपालिकालाई आगामी तीन वर्ष भित्रमा धुँवारहित गाउँपालिका घोषणा गर्ने योजना अनुसार यस गाउँपालिकाको वडा नम्बर १ ले वडाका सबै घुरधुरीलाई पुग्ने गरेर सुधारिएको फलामे चुल्हो वितरण गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।
    अदानचुली गाउँपालिका १ नम्बर वडा कार्यालय, खानोपनी, सिंचाई तथा जलस्रोत कार्यालय हुम्ला र वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको संयुक्त पहलमा आफ्नो वडा भित्र रहेका तीन गाउँका प्रत्यक घरधुरीलाई सुधारिएको चुल्हो वितरण गरेकोे अदानचुली १ का वडा अध्यक्ष रग्या थापाले बताउनु भयो ।
    पालिकाले हरेक वर्ष किषानसँग वडा अध्यक्ष शिर्षकमा विनियोजन गरेको बजेट र अन्य विभिन्न निकायसँगको सहकार्यमा सुधारिएका चुल्हो खरिद गर्ने कार्यलाई अघि बढाएको उल्लेख गरेका वडाअध्यक्ष थापाले वडाका सबै घरलाई धुवाँरहित चुल्हो वितरण गरेर निकट भविष्यमै धुवाँरहित वडा घोषणा गर्ने बताए ।
    हामीले गत आर्थिक वर्ष ०६७।०७७ को किषान सँग वडा अध्यक्ष कार्यक्रमबाट ५ लाख रकम र खानेपानी, सिंचाई तथा जलस्रोत कार्यालयको साढे ५ लाखको लागतले चुल्हो खरिद र ढुवानी गर्ने काम भएको हो । अपुग रकम चालू आर्थिक वर्षको कार्यक्रमबाट समेत व्यवस्था गर्ने जानकारी दिएका उनले सबै सरोकारवाला निकायसँगको समन्वयमा वडालाई धुँवारहित मुक्त वडा घोषणा गर्ने वडाअध्यक्ष थापाल जानकारी दिए ।
    प्रति चुल्हो खरिदमा नौं हजार पर्ने भएपनि वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको ५० प्रतिशत ९ लाख ४५ हजार अनुदानमा उक्त चुल्हो खरिद गरिएको हो ।

  • २८ कार्तिक २०७७, शुक्रबार १३:३२ प्रकाशित

  • Nabintech