थप १६७ जनामा कोरोना संक्रमण, २१३ जना डिस्चार्ज

  • नमस्ते कर्णाली

  • पछिल्लो २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका २७ वटा ल्याबमा ४ हजार ९८१ नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । उनीहरुमध्ये ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २४९ जना निको भएका छन् ।

    पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कहाँ–कहाँ थपिए संक्रमित ?

    मन्त्रालयका अनुसार सबैभन्दा धेरै धनुषामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुरका १७, ओखलढुंगाका १५, कैलाली र कञ्चनपुरका १४/१४ जना, बाँके र डडेलधुराका ८/८ जना, इलाम र दैलेखका ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।

    झापा, सुनसरी र अछामका ४/४ जना, मोरङ, मकवानपुर र सुर्खेतका ३/३ जना, पर्सा, बाग्लुङ, सल्यान र जाजरकोटका २/२ जना तथा काठमाडौं, उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्युठान, बर्दिया, दाङ, रुकुम पश्चिम, मुगु र बझाङमा एक/एकको कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

  • १ श्रावण २०७७, बिहीबार ११:५० प्रकाशित

  • Nabintech